पाल्पा, १६ भदौ । भैरवनाथ मन्दिर व्यवस्थापन समितीको नव गठित ब्यवस्थापन समितिको पदस्थापन गरिएको छ । नव निर्वाचित समितिका अध्यक्षमा दुर्गा प्रसाद खनाल , सचिव शिव प्रसाद पोखरेल , कोषाध्यक्ष राज कुमार प्रधान सदस्यमा विष्णु कार्की, प्रशन्न श्रेष्ठले पदस्थापन भैरवनाथ मन्दिर परिसरमा पदस्थापन गरेका हुन ।


पदस्थापन कार्यक्रममा रिव्दीकोट गाउँपालिकाका पूर्व पालिका अध्यक्ष नारायण बहादुर जि.सी., पूर्व उपाध्यक्ष लक्ष्मी खनाल, भुमि प्रशासन कार्यालय पाल्पाका प्रमुख दुर्गा प्रसाद खनाल, समितीका पूर्व अध्यक्ष तुल बहादुर अधिकारी, पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष विजय वौडेल, भैरव जनता माविका प्राचार्य शुरेस गौतम , पूर्व प्रशासक सुन्दर प्रसाद श्रेष्ठ नेकपा एमालेका प्रतिनिधी माधव प्रसाद ढकाल लगायतले विगतमा भएका नराम्रा कुरा बिर्सेर राम्रा काम गर्न अनुरोध गरेका छन् । भैरवनाथ मन्दिरले पाल्पाकै धार्मिक पर्यटन लाई माथी उठाएकोले, चल अचल सम्पत्ति को रेखदेख राम्रो संग गर्नुपर्नेमा वक्ताहरुले जोड दिए । वक्ताहरुले गुठियार भक्तजनको हक हितमा काम गर्नुपर्ने मन्दिरमा भएको आम्दानी खर्च पारदर्शी बनाउनुपर्ने, मन्दिरलाई धार्मिक आस्थाको केन्द्रको रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
मन्दिरमा रहदा सम्म राजनितिक ब्यक्तिगत भावना भन्दा माथी उठेर काम गर्ने प्रतिवद्धता नव निर्वाचित अध्यक्ष दुर्गा खनालले ब्यक्त गरे । नव निर्वाचित अध्यक्ष खनालले राजनितिक दल जनता संघ संस्था जनप्रतिनिधी कर्मचारी पत्रकार संग सहकार्य गरेर काम गर्ने अध्यक्ष खनालले बताए । समितिको पहिलो बैठकले भोटेकोशी बाढीपिडितको लागी १ लाख ११ हजार १ सय ११ र भैरवस्थान लाखे समुह बाट ५१ हजार १ सय ५१ रुपैया बाट प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ ।
रिब्दिकोट गाउँपालिका वडा नं ४ का कार्यवाहक वग अध्यक्ष राजेन्द्र नेपालको अध्यक्षाता भैरवनाथ मन्दिरका ब्यवस्थापक मिन बहादुर बुढाथोकिको संचालनमा पदस्थापना कार्यक्रम सम्पन्न भएको थियो ।