कृष्ण पोखरेल, असोज ९ पाल्पा । तानसेनको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण गर्ने उद्देश्यले स्थापना भएको तानसेन सम्पदा संरक्षण समाजको प्रथम भेला सम्पन्न भएको छ। भेलाले पदमराज न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत निर्वाचित गरेको छ।
पदमराज न्यौपानेको अध्यक्षतामा तानसेन सम्पदा संरक्षण समाजको प्रथम भेला बाट नयाँ कार्यसमिति निर्वाचित ।
मनमोहन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भेलाबाट समाजको अध्यक्षमा पदमराज न्यौपाने, उपाध्यक्षमा सौन्दर्य शाक्य, सचिवमा प्रकाशनाथ गङ्गोल, सहसचिवमा नवराज बस्याल र कोषाध्यक्षमा मिथुना श्रेष्ठ निर्वाचित भएका छन्।
त्यसैगरी कार्यसमिति सदस्यहरूमा शकुंन्तला बज्राचार्य, शान्ति थापा, स्वस्तिक श्रेष्ठ र सुनिता श्रेष्ठ निर्वाचित भएका छन्।
तानसेनको ऐतिहासिक पहिचान, मौलिकता, संस्कृति तथा पुराना सम्पदाको संरक्षण गर्दै भावी पुस्तासम्म यसको महत्व र अस्तित्व कायम राख्ने उद्देश्यले संस्था स्थापना गरीएको नव अध्यक्ष न्यौपानेले बताए ।
नवनिर्वाचित कार्यसमितिले तानसेनका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको खोज, संरक्षण, अभिलेखीकरण र प्रवर्द्धनका लागि आवश्यक पहल गर्ने जनाएको छ। समाजले तानसेनको मौलिक सम्पदा र सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै यसको महत्वलाई आगामी पुस्तासम्म पुर्याउने लक्ष्य लिएको जनाएको छ।











