पाल्पा, १४ भाद्र । समाजमा प्रहरी र समुदाय बिच पुलको रुपमा रहेको संस्था सामुदायिक सेवा केन्द्र तानसेन पाल्पाको १६ औ साधारणसभा सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाको सभाहलमा सम्पन्न सभाको अवसरमा प्रमुख अतिथीका रुपमा जिल्ला प्रहरी कार्यालय पाल्पाका कार्यबाहक प्रमुख भिमलाल भट्टराईले अपराध नियन्त्रण तथा शान्ति सुरक्षाका लागी सबैको हितकारी संस्था सामुदायिक सेवा केन्द्र रहेको बताउनुभयो ।


वि.सं. २०६४ सालमा स्थापना भएको संस्थाले समाजका बिकृती न्यूनीकरण गर्न कार्य गरेको छ । सामुदाय र प्रहरीको सहकार्यतामा केन्द्रले स्थानीय समुदायमा हुने घरेलु समस्या, स्वास्थ्य उपचारको लागी असहाय असक्तलाई सहजीकरण , शिक्षाको पहुचमा पुर्याउने, घरायसी झैझगडा न्यूनीकरण लाई सहजीकरण, सार्वजनिक यातायातका यात्रुका समस्याहरु, मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकलाई परामर्श, विभिन्न सचेतनामुलक कार्यक्रम तथा बाताबरण सरसफाईका काम मठमन्दिर, सार्बजनिक स्थल खानेपानीका सार्वजनिक धाराको सरसफाइ लगायत समाजलाई हित हुने कार्य गरिरहेको छ ।

केन्द्रको मुख्य आयश्रोत आजिवन सदस्यबाट आम्दानी भएको रकम र बैंकबाट प्राप्त ब्याज रहेको छ । केन्द्रका अध्यक्ष जय प्रकाश उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रको वार्षिक साङ्गठनिक प्रतिबेदन सचिब राजेश भट्टराई र आर्थिक प्रतिबदेन कोषाध्यक्ष कृश्न गहतराज ले प्रस्तुत गर्नुभएको थियो । केन्द्रमा ९५ जना सदस्य रहेका छन ।