पाल्पा १४ भदौ । नेपाल प्रेस युनियन पाल्पाको अध्यक्षमा दुर्गेश मल्ल निर्वाचित हुनुभएको छ । प्रेस युनियनको आइतबार तानसेन सम्पन्न १०औं अधिवेशनले मल्ललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो।

जसको उपाध्यक्षमा विष्णु खनाल र मिना कुमाल (सिलवाल), सचिवमा दुर्गा अर्याल, सहसचिव सन्तोष गहतराज, कोषाध्यक्षमा इमान सिंह राना निर्वाचित भएका छन् । सदस्यहरूमा सुमन कार्की, किसन पोखरेल र प्रेरणा नेपाल निर्वाचित भएका छन।