कृष्ण पोखरेल, पाल्पा १७ भदौ । गएको आर्थिक बर्ष २०८२/०८३ को अवधीमा ७० हजार विरामीले आर्युवेद उपचार सेवा लिएका छन । ७० हजार विरामी मध्ये अधिकाश विरामी नसर्ने रोगका विरामीहरु रहेका छन ।
जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र तानसेन पाल्पाको आयोजनामा जिल्ला भित्र संचालनमा रहेका आर्युवेद अस्पताल, आर्युवेद स्वास्थ्य केन्द्र, आर्युवेद औषधालय र नागरिक आरोग्य केन्द्रहरुको समिक्षा कार्यक्रममा आर्युवेदका विरामी उपचार अवस्था तथा भौतिक पुर्वाधार, जनशक्ती, बार्षिक रुपमा स्विकृत भएका कार्यक्रमहरुको समिक्षा गरिएको छ ।
कार्यक्रममा स्वास्थ्य केन्द्र तानसेन, आर्युवेद अस्पताल रामपुर, अन्य ८ वटा औषधालय र २ वटा नागरिक आरोग्य केन्द्रले आर्थिक बर्ष २०८२/०८३ मा केन्द्र, प्रदेश तथा स्थानीय सरकार संग गरेका कार्यक्रमको प्रगती विवरण, उपलब्धी, समस्याको बारेमा जानकारी गराएका छन ।
समिक्षा कार्यक्रममा रामपुर आर्युवेद अस्पताल वाहेकका अन्य १० वटा आर्युवेद संस्थाहरुले काम गर्नको लागी आवश्यक भौतिक पूर्वाधार अन्तरगत गुणस्तरीय भवन नहुदा प्रयाप्त आर्युवेद उपचार सेवा दिन नसकेको जानकारी दिए । समिक्षा कार्यक्रममा सहभागी बक्ताहरुले आयुर्वेद उपचार पद्धतिको बारेमा जनचेतना बढाई सबै सामु उपचार सेवा पुर्याउनुपर्ने मा जोड दिए ।