असोज ९, पाल्पा । जापानको नागोयामा जारी २०औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले अफगानिस्तान लाई ५ विकेटले पराजित गर्दै ऐतिहासिक जित हात पारेको छ। १ सय २ रनको लक्ष्य नेपालले १७.२ ओभरमै पूरा गर्‍यो।

ललित राजवंशी र कुशल भुर्तेलको उत्कृष्ट बलिङपछि सन्दीप जोराले ३४ तथा रोहित पौडेलले अविजित ३३ रन बनाएर नेपाललाई जित दिलाए ।

यस जितसँगै नेपालको क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो बनेको छ र समूह चरणको अर्को खेलमा नेपालले शनिबार घरेलु टोली जापानसँग प्रतिस्पर्धा गर्नेछ ।