दृष्टिपात्रो सत्य, तथ्य र निष्पक्ष पत्रकारितालाई आफ्नो मूल आधार बनाउँदै सञ्चालित नेपाली डिजिटल समाचार पोर्टल हो। समाज, राष्ट्र र जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई विश्वसनीय, तथ्यपरक र जिम्मेवार ढंगले पाठकमाझ पुर्याउनु हाम्रो प्रमुख उद्देश्य हो।
हामी समाचारलाई केवल सूचना सम्प्रेषणको माध्यमका रूपमा मात्र होइन, सत्यको खोजी, जनताको आवाज र समाजप्रतिको जिम्मेवारीका रूपमा लिन्छौँ। राजनीति, समाज, अर्थतन्त्र, पर्यटन, शिक्षा, स्वास्थ्य, प्रविधि, संस्कृति, खेलकुद तथा समसामयिक विषयका समाचार र विचारलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै आएका छौँ।
हाम्रो प्रतिबद्धता
दृष्टिपात्रो कुनै पक्ष, व्यक्ति वा समूहको पक्षधर नभई तथ्य र सत्यको पक्षमा उभिने पत्रकारितामा विश्वास गर्छ। समाचार प्रकाशनपूर्व तथ्यको पुष्टि, स्रोतको विश्वसनीयता र विषयको सन्तुलित प्रस्तुतिलाई हामी विशेष प्राथमिकता दिन्छौँ।
हाम्रो प्रयास हरेक पाठकलाई सही समयमा सही सूचना उपलब्ध गराउनु हो। गलत सूचना, अफवाह र पूर्वाग्रहमुक्त पत्रकारितामार्फत समाजमा सकारात्मक बहस र उत्तरदायी नागरिक चेतना विकास गर्न हामी निरन्तर सक्रिय रहनेछौँ।
हाम्रो दृष्टिकोण
“निष्पक्ष प्रतिक” केवल हाम्रो परिचय होइन, हाम्रो पत्रकारिताको प्रतिबद्धता हो।
जनताको आवाजलाई स्थान दिँदै, सत्यलाई निर्भीकताका साथ प्रस्तुत गर्दै र समाजका महत्वपूर्ण विषयलाई जिम्मेवारीपूर्वक उजागर गर्दै दृष्टिपात्रो नेपाली डिजिटल पत्रकारितामा विश्वसनीय समाचारको माध्यम बन्ने यात्रामा अघि बढिरहेको छ।
सत्य हाम्रो आधार, निष्पक्षता हाम्रो पहिचान र जनताको विश्वास हाम्रो शक्ति हो।
हाम्रो लक्ष्य
विश्वसनीय, छिटो, सन्तुलित र जिम्मेवार समाचार सम्प्रेषण गर्दै नेपाली पत्रकारिताको डिजिटल क्षेत्रमा एउटा विश्वसनीय र निष्पक्ष समाचार माध्यमका रूपमा स्थापित हुनु हाम्रो लक्ष्य हो।