पाल्पा । श्री ७ रणउजिरेश्वरी भगवती खटयात्राका अवसरमा ब्यापार व्यावसाय खुला राख्न पाल्पा उद्योग वाणिज्य संघले आग्रह गरेको छ । विज्ञप्ति जारी गर्दै विक्रम संवत् १८७७ देखि तानसेनमा निरन्तर मनाउँदै आइएको यो खटयात्रा यस वर्ष भाद्र २० गते शनिबारका दिन पर्न गएको संघले जानकारी दिएको छ।

संघको विज्ञप्तिमा भनिएको छ, “यो खटयात्रा केवल रमाइलोका लागि मनाइने जात्रा मात्र नभई राष्ट्रियता र राष्ट्रिय स्वाभिमान कायम राख्न इस्ट इन्डिया कम्पनीलाई युद्धमा पराजित गरी मनाउँदै आइएको विजयोत्सव हो।” यस्तो ऐतिहासिक र गौरवमय इतिहास जोडिएको दिनमा आफ्ना उद्योग, व्यापार र व्यवसाय खुला राखी खटयात्रा सफल पार्न सहयोग पुर्याउन संघका अध्यक्ष समिरमान सिंहले सम्पूर्ण सदस्य तथा व्यवसायीहरूलाई अपिल गर्नुभएको छ ।

तानसेनमा हरेक शनिबार व्यापार ब्यवसाय बन्द हुँदै आएको छ ।