पाल्पा, १५ भदौ । नेपाल रेडक्रस सोसाइटी ताहूँ उपशाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रम मा २ जना महिला र १८ जना पुरुष गरी जम्मा २० जनाले सहभागीता जानाएका थिए ।

कार्यक्रम ताहूँ पाल्पामा उपशाखाका सभापति श्बिष्णु के.सी को सभापतीत्वमा भएको थियो रक्तदानको महत्व, आवश्यकता र सचेतनाका बारेमा पाल्पा जिल्ला शाखाका कार्यालय प्रमुख बिनोद भारतीले प्रकाश पार्नुभएको थियो । ताहूँ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. पुजन श्रेष्ठले रगतको महत्त्वका बारेमा धारणा राख्नुभएको थियो ।  रक्तदान कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले गरेको थियो ।