काठमाडौँ । बागमती प्रदेशसभाको अधिवेशनअन्तर्गत आगामी बैठक वैशाख ६ गते तय गरिएको छ।

बैठकमा अघिल्लो बैठकमा पेश भएका विधेयकहरूमाथि सैद्धान्तिक छलफल गरी तिनलाई थप अध्ययनका लागि समितिमा पठाइनेछ। समितिहरूले दफाबार छलफलपछि सुझावसहित प्रतिवेदन तयार गर्ने योजना रहेको जानकारी रामकुमार पौडेलले दिएका छन्।