काठमाडौँ । पर्सामा नागरिकता र राष्ट्रिय परिचयपत्र सेवा एकैपटक उपलब्ध गराउने व्यवस्था सुरु भएको छ।
जिल्ला प्रशासन कार्यालयले नयाँ नागरिकता बनाउने सेवाग्राहीलाई तत्कालै बायोमेट्रिक लिएर राष्ट्रिय परिचयपत्र प्रक्रिया अघि बढाउन थालेको हो।
यसअघि नागरिकता लिएपछि पुनः छुट्टै प्रक्रिया पूरा गर्नुपर्ने झन्झट हटेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिएका छन्।दैनिक ५० देखि ६० जनासम्म सेवाग्राहीले यो सुविधा लिइरहेका छन्।
संवाददाता








