पर्यटकीय स्थल, कला सस्कृती र पर्यटकीय पूर्वाधारमा भएका कामहरुको विषयमा केन्द्रित
कृष्ण पोखरेल, पाल्पा १३ भदौ, । पाल्पालाई पहाडकी रानीको उपमा दिने गरिन्छ । पाल्पामा सयौ फरक फरक प्रकृतिका धार्मिक, ऐतिहासिक, पुरातात्विक, साहसिक पर्यटकीय स्थलहरु रहेका छन । पाल्पाका १० वटै स्थानीय सरकारले आ आफ्नो पालिकामा भएका पर्यटकीय स्थलहरु लाई व्यस्थित गरी आन्तरीक तथा बाह्य पर्यटकहरु भित्राउनको लागी लगानी र प्रचार प्रसारको काममा निरन्तर लागी परेका छन । पाल्पाका १० वटै पालिकामा रहेका प्रमुख  पर्यटकीय स्थल, कला सस्कृती र पर्यटकीय पूर्वाधारमा भएका कामहरुको विषयमा केन्द्रित रहि यो विशेष समाचार प्रस्तुत गरिएको छ ।
१ रिव्दीकोट गाउँपालिकाका
गाउँपालिकाको नामनै सेन राजाहरुले शासन गरेको क्षेत्र रिव्दीकोट बाट रहन गएको हो । रिव्दीकोट गाउँपालिका सदरमुकाम तानसेन बाट १३ किलोमिटर पश्चिममा पर्दछ । गाउँपालिकाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थानमा सवारी साधन बाट सजिलै पुग्न सकिन्छ ।
रिव्दीकोटका प्रमुख पर्यटकीय स्थलहरु
१) भैरव मन्दिर भैरवस्थान
२) पूर्णकोट दरवार
३) रिव्दीकोट डाडा
४) जलेश्वर मन्दिर
५) धुस्टुङ्क
६) रिङ्सिङ्ख लेक
७) सेल्फी डाडाँ
८) कालिका मन्दिर
पालिकाका नमुना कला संस्कृतीहरु ।
क) तरवार नाच
ख) लाखे नाच
ग) फागु नाच,
घ) सोरठी ठुलो नाच
पर्यटकीय क्षेत्रमा आवश्यक पुर्वाधार निर्माण गर्ने, नयाँ नयाँ पर्यटकीय गन्त्वयहरुको पहिचान गर्ने, प्रचार प्रसार गर्ने र पछिल्लो सयम कृषि पर्यटनमा आकर्षण  बढाउन सफल भएको  पालिका प्रमुख नारायण बहादुर कार्कीले बताए ।
भैरवनाथ मन्दिर परिसर
२) बगनासकाली गाउँपालिका
बगनासकाली गाउँपालिकाका  सदरमुकाम तानसेन संग जोडिएको गाउँपालिका हो । तानसेन आएका अधिकाश पर्यटकहरु लाई बगनासकालीका विभिन्न पर्यटकिय स्थानमा लैजान सकिन्छ । बगनासकालीका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरु
१) बगनासकाली क्षेत्र ( बगनासेडाडा)
२) महामृत्युन्जय शिवासन ।
३) सिद्धवावा धाम
४) दर्लाममहाकाली
५) राम्दी क्षेत्र
६) राम्दीको सिद्ध गुफा
७ रानीमहल क्षेत्र
८) नायरडाडा
९) माटोका सामाग्री निर्माण स्थल
१० नाचन डाँडा
पालिकाको नमुना कला संस्कृती
क) लाखे नाच
ख) कौडा, सोरठी, ठुलो नाच
ग) भजन कृर्तन
पालिकाले पहिचान गरेका वडास्तरका सबैजसो धार्मिक तथा पर्यटकीय स्थलमा यातायातको सुविधा, खानेपानी, शौचालय, विश्रामस्थल, संचार सुविधा लगायतका पूर्वाधार निर्माणका कामहरु भईरहेको  पालिका अध्यक्ष सरस्वती चिदीले बताईन ।
३) पूर्वखोला गाउँपालिका
पूर्वखोला गाउँपालिका पाल्पाको मध्य भागमा पर्दछ । गाउँपालिको केन्द्र रहेको गाउँनै पूर्वखोला रहेको र गाउँको बस्तीबाट खोला पूर्वतर्फ बगेकोले यो गाउँपालिकाको नामनै पूर्वखोला राखिएको हो । यो सदरमुकाम तानसेन देखी करिव ३६ किलोमिटर दुरीमा पर्दछ ।
पूर्वखोला गाउँपालिकाका पर्यटकिय स्थलहरु
१) वाकुमगढी
२) चुरामण्डली बराजु
३) मादल बज्ने गुफा
४) हात्तिलेक डाडा
५) ढोलिमाराह होमस्टे
६) चुलिडाँडा
७) आकाशे पुल
८) खाणँदेवी गुफा
नमुना कला संस्कृतिहरु
क) कौडा नाच
ख) मारुनी नाच
ग) ठुलो नाच,
घ) घाटु नाच
ङ) झाम्रे नाँच
पूर्वखोलाको मारुनी नाच, कौडा नाच, घाटु नाच, ठुलो नाच, झाम्रे नाच, लाई संरक्षण गर्दै, अन्य स्थलमा प्रचार प्रसार गर्ने, पालिका भित्रका पर्यटकीय स्थलमा यातायात पहूच बढाउने, सचार सुविधा बढाउने, पर्यटीय पूर्वाधार निर्माण गर्ने, पर्यटकीय स्थल नजिक होम स्टे संचालन गर्ने जस्ता काम भईरहेको पालिका अध्यक्ष नुन बहादुर थापाले बताए ।
४) रम्भा गाउँपालिका
यो गाउँपालिकाको नाम रम्भादेवी मन्दिर बाट राखिएको हो । यस सिद्धार्थराजमार्गको अगाहाखोला लसुने बाट ३ किलोमिटरको दुरीमा  रहेको छ । सदरमुकाम तानसेन बाट  करिव २५ किलोमिटरको दुरीमा गाउँपालिकाको केन्द्रमा पुग्न सकिन्छ ।
रम्भाका पर्यटकिय तथा धार्मिक स्थलहरु
१) रम्भादेवी मन्दिर
२) रिमिघा लेक
३) जोगी गुफा
४) देश हेर्ने ढुङ्गा
५) काली उत्तरवाहिनी क्षेत्र
६) कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठान
७) प्राकृतिक पुल
८) रानीवास होम स्टे
९) जल्पादेवी मन्दिर
१०) रमणेश्वर मन्दिर
११) लक्ष्मीनारायण मन्दिर, मंगलादेवी मन्दिर
पालिकाको कला संस्कृतीहरु
क) लाखे नाच
ख) झाम्रे नाच
ग) ठुलो नाच
घ) मारुनी नाच
गाउँपालिका भित्र रहेका ५ वटै वडामा रहेका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरुको स्तरउन्नती, यातायातको पहूच, आवश्यक पर्यटकीय पूर्वाधार, संचार, खानेपानी लगायतका क्षेत्रमा काम भईरहेको  रम्भा गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए ।
५) रामपुर नगरपालिका
पाल्पाको दोस्रो नगरपालिकाको रुपमा रामपुर नगरपालिका रहेको छ । सदरमुकाम तानसेन बाट ६० किलोमिटर दुरीमा रामपुर पुग्न सकिन्छ । रामपुर नगरपालिका केन्द्रमा कालीगण्डकी करिडोर तानसेन आर्यभञ्ज्याङ, र तराई क्षेत्रबाट अरुणखोला निस्दी हुदै रामपुर पुग्न सकिन्छ । रामपुरका अधिकाश  पर्यटकीय स्थलहरु  भगवान रामसंग जोडिएका छन ।
रामपुरका पर्यटकिय क्षेत्रहरु
१) कृत्रिम ताल तालपोखरा
२) रामचुल्हो
३) रामकुवा
४) राम्चे वन
५) सिताकुण्डः
६) रामपुर गुफा
७) टापुधाम
८) केलादीघाट
९) गिद्ध वासस्थान खैरेनी सामुदायिक वन
पालिकाको कला संस्कृतीहरु
क) लाखे नाच
ख) ठुलो नाच
ग) झाम्रे नाच
घ) बालन नाच
ङ) भजन चुटका
रामपुरका १० वटै वडामा रहेका प्रमुख पर्यटकीय स्थलहरुमा आवश्यक पर्यटकीय पूर्वाधार निर्माणमा काम भईरहेको, र रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताए ।
६) निस्दी गाउँपालिका ।
निस्दी गाउँपालिका सदरमुकाम तानसेन बाट ७० किलोमिटर पुर्वदक्षिणमा पर्दछ । गाउँपालिका केन्द्रमा तानसेन रामपुर सडकखण्डको बेलडाडा हुदै र पुर्वी नवलपरासीको अरुणखोला हुदै पुग्न सकिन्छ । यो गाउँपालिकाको नाम स्थानीय निस्दी खोलाको नामबाट राखिएको हो । तराई संग जोडिएको भु भाग भएको अधिकाश डाडाहरु पर्यटकको रोजाईमा हिल स्टेशनको रुपमा  विकसित हुदै गएका छन ।
निस्दी गाउँपालिकाका प्रमुख पर्यटकीय स्थलहरु
१) काउलेडाडा अम्रिसो बगैचा,
२) हावाबाट विजुली उत्पादन स्थल मित्याल
३) जुरे गुफा
४) मगरी संग्राहलय
५) मगरी कुडुले घर ( गोलो घर)
६) मगरी होम स्टे
७) लेकडाडा पर्यापर्यटन
८) थुम्किडाडाँ सहलकोट
पालिकाका प्रमुख कला संस्कृती
क) कौडा नाच
ख) मारुनी नाच
ग) ठुलो नाच,
घ) घाटु नाच
पालिकालाईनै पर्यापर्यटनमा विकास गर्दै, वडा वडामा मगर होमस्टे संचालन गर्ने, तराईवासीलाई जाडोमा घाम तपाउने र गर्मीमा चिसो हावापानी खुवाउने स्थलको  रुपमा निस्दीका डाडाहरुलाई विकास गर्दै,, स्थानीय कला संस्कृती भेषभुषा लाई पर्यटन संग जोड्न गरी  काम भईरहेको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले बताए ।
७) माथागढी गाउँपालिका
यो गाउँपालिकाको नाम वडा नंं ५ मा रहेको माथागढी एतिहासिक युद्ध पर्यटकिय स्थलबाट राखिएको छ ।  नेपाल अग्रेज युद्धमा  नुवाकोट क्षेत्र र माथागढी क्षेत्रबाट आक्रमण गर्ने योजना अग्रेजले बनाएपछि दोस्रो ठुलो फौज माथागढी क्षेत्रमा जगेडाको रुपमा खटाईएको थियो ।
माथागढीका प्रमुख पर्यटकीय गन्तव्यहरु
१) माथागढी
२) कौडेलेक
३) सराई फुलवारी तथा लखनथापा पार्क
४) बहादुरपुर सत्यवती ताल
५) महलपोखरी हिल स्टेशन
६) रहवास  पिकनिक क्षेत्र ।
७) लघुजलविधुत पर्यटकिय क्षेत्र
पालिकाका कला संस्कृतीहरु
क) ठुलो नाच
ख) कौडा नाच
ग) घाटु नाच
घ) मारुनी नाच
ङ) लाखे नाच
माथागढी, कौडेलेक, ओलेस क्षेत्र, लखनथापा पार्क लगायतका पर्यटकीय स्थानहरुमा यातायातको पहूच विस्तार देखी संचार लगायत आवश्यक पूर्वाधार निर्माणको काम भईरहेको  पालिका अध्यक्ष यम बहादुर चिदीले बताए ।
८) तिनाउ गाउँपालिका
यो गाउँपालिकाको नाम तिनाउ नदीको नामबाट राखिएको छ । तिनाउ गाउँपालिकामा अनगिन्ती पर्यटकीय संभावना रहेको पाईन्छ ।  तिनाउँ गाउँपालिका रुपन्देहीको बुटवल उप महानगरपालिका,  तिलोत्तमा नगरपालिका,  सैनामैना नगरपालिका, देवदहनगरपालिका संग जोडिएको भुगोल रहेकोले  अधिकाश स्थान हिल स्टेशनको रुपमा विकसित हुदै गएको छ ।
गाउँपालिकाका प्रमुख प्रयटकीय स्थलहरु
क) झिंगामारा हिल स्टेसन
२) दोभान नुवाकोट गढी
३) अविरल पार्क
४) सुकेताल
५) सिद्धवावा मन्दिर
६) रामापिथेकश पार्क
७) भुतखोला सिद्धसरोवर झरना
८) भर्तिहरी पाक
९) खुलखुले पार्क
१०) कामाख्या मन्दिर बसन्तपुर क्षेत्र
११) सत्यवती ताल , सत्यवती बजै
१२) विस्कुनडाडा मरानकोट डाडा
१३) मस्याम जन्तीलुङ्ग डाडा
प्रमुख कला संस्कृती
क) ठुलो नाच
ख) कौडा नाच
ग) झाम्रे नाच
घ) सोरठी नाच
मस्याम जन्तीलुङ्ख, मरामकोट, सत्यवती, झिगाँमारा, ठुलि उदान क्षेत्रलाई तिनाउको हिल स्टेसन तथा मुख्य प्रर्यटकीय स्थलको रुप्मा विकास गर्न पालिका र प्रदेश सरकारको सहकार्यमा काम भएका छन ।  पालिकाका संभावित प्रयटिकय स्थलहरुमा आवश्यकताको आधारमा लगानी गर्दै आएको पालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए ।
९) तानसेन नगरपालिका
तानसेन नगरपालिका नेपालकै  ऐतिहासिक नगरपालिका हो । तानसेन नगर पहाडी रानीको नामबाट परिचित रहदै आएको छ ।  पाल्पाको सदरमुकाम रहेको तानसेन नगरपालिकामा धेरै पर्यटकीय स्थलहरु रहेका छन ।
तानसेनका पर्यटकीय स्थलहरु
१) रानीमहल दरवार
२) श्रीनगर पार्क
३) करुवा भ्यू टावर
४) पाल्पा दरवार संंग्रहालय
५) शित्तलपाटीे तथा मुल ढोका
६) ऐतिहासिक भगवती मन्दिर
७) अमर नारायण मन्दिर
८) रुरु क्षेत्रधाम रिडि
९) गुफाचौर क्षेत्र
१०) मदनपोखराको कृषि पर्यटन
११) सुसाईट प्वान्ट
१२) जुरे गुफा
तानसेनका कला संस्कृती
१) हरेक किसिमका जात्राहरु
२) लाखे नाच
३) मगरी तथा नेवारी गित संगित तथा नाचहरु
४ भजन चुटकाहरु
तानसेन नगरपालिका भित्र रहेका सबै धार्मिक तथा पर्यटकीय स्थलहरुको पर्यटकीय पूर्वाधारहरुको विकास  पर्यटकीय तथा धार्मिक स्थलमा खानेपानी, शौचालय तथा विश्राम स्थलको व्यबस्थापन  लगायतका कामहरु भईरुहेको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए ।
१०) रैनादेवी छहरा गाउँपालिका
यो गाउँपालिकाको नाम पश्चिम पाल्पाको एक चर्चित मन्दिरको नाम रैनादेवी बाट रहन गएको हो । यो सदरमुकाम तानसेन बाट ३० किलोमिटर पश्चिममा पर्दछ । यस गाउँपालिकामा गुल्मी, अर्घाखाची र रुपन्देहीका विभिन्न सडकहरुमा प्रवेश गर्न सकिन्छ ।
पालिकाका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरु
१) अमरपुरी धाम
२) मच्छेन्द्रादेवी मन्दिर,
३) रैनादेवी मन्दिर
४) तिलकथान पार्क
५) घुर्चुले कालिका देवी मन्दिर
६) बल्ढेङगढी
७) निमीचौर झरना र जलुके झरना
८) झेरुङ गढी लेक
८) दालचिनी तथा सुन्तला पर्यटन
पालिकाका प्रमुख कला संस्कृतीहरु
क) वाख्खै नाच
ख) दमिनी सराए
ग) ठुलो नाच
घ) कौडा नाच
ङ) मारुनी नाच
च) भजन चुट्का
पालिकाले ८ वटै वडामा पर्यटकीय पूर्वाधार निर्माण, सवारी साधनको लागी बाटो घाटो निर्माण गर्ने तथा निश्चित पैदल पदयात्रा निर्माण गर्ने,  विश्रामस्थल, खानेपानी, शौचालय तथा वनभोज स्थलको रुपमा पुर्वाधारहरु निर्माण, अग्लो लेकको रुपमा रहेको झेरुङ गढी लेकलाई प्रचार प्रसार गर्ने लगायतका कामहरु भईरुहेको  पालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले बताए ।