काठमाडौँ । ग्राहक सेवा सुधार गर्ने लक्ष्यसहित नेपाल टेलिकमले विभिन्न नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको छ।

सञ्चार मन्त्रालयको १० बुँदे सुधार योजनाअन्तर्गत कम्पनीले पारदर्शी र प्रविधिमैत्री सेवा प्रवाहमा जोड दिएको हो।

यसैक्रममा ‘वन टाइम केवाइसी’ प्रणाली लागू गरिने भएको छ, जसले ग्राहकलाई बारम्बार कागजात पेस गर्नुपर्ने झन्झट हटाउनेछ।

साथै ई–सिम, सिम पुनःप्राप्ति र गुनासो व्यवस्थापन जस्ता सेवा अनलाइनमार्फत उपलब्ध गराइने तयारी भइरहेको छ।