काठमाडौँ । प्रधानमन्त्री कपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। शुक्रबार भएको फाइनल खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो।

१६२ रनको लक्ष्यसहित मैदान उत्रिएको आर्मीले ३४.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। टोलीका लागि इम्रान शेखले ४६ रनको महत्वपूर्ण योगदान दिए।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३९.४ ओभरमा १६१ रनमै समेटिएको थियो।