राजनीति

संविधानको मर्म, भावना र जनताको चाहना अनुसार गर्नुपर्ने काम अझ धेरै बाँकी छन् : राष्ट्रपति

संविधानको मर्म, भावना र जनताको चाहना अनुसार गर्नुपर्ने काम अझ धेरै बाँकी छन् : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको छ। प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि पहिलो पटक बोलाइएको उक्त बैठकलाई सिंहदरबारस्थित संसद भवनमा शुक्रबार अपरान्ह सम्बोधन गरिएको हो। सम्बोधनका क्रममा राष्ट्रपतिले संविधानको मर्म र जनताको अपेक्षाअनुसार अझ धेरै काम गर्न बाँकी रहेको बताउनुभयो। उहाँले विशेषगरी रोजगारी सृजना, युवामा बढ्दो निराशा अन्त्य, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा भ्रष्टाचार नियन्त्रणमा सरकार केन्द्रित...

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि पक्राउ अनुमति मागेपछि काठमाडौं जिल्ला अदालतले देउवा दम्पतीलाई पक्राउ गर्न स्वीकृति दिएको हो। हाल देउवा दम्पती हङकङमा रहेका छन्।

असिम शाहको नेतृत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक बस्दै

असिम शाहको नेतृत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक बस्दै
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको “संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२” को पहिलो बैठक आज बस्ने भएको छ। बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरिनेछ। कार्यदलमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू समावेश छन्। नेपाली काङ्ग्रेसबाट मोहन आचार्य, नेकपा (एमाले) बाट डा. भीष्मनाथ अधिकारी, नेकपाबाट देवप्रसाद गुरुङ, राप्रपाबाट ज्ञानेन्द्र शाही तथा राष्ट्रिय जनमोर्चाबाट मनोज भट्ट...

ग्राहक गुनासोपछि नेपाल टेलिकममा सुधार, वन टाइम KYC र अनलाइन सेवा विस्तार

ग्राहक गुनासोपछि नेपाल टेलिकममा सुधार, वन टाइम KYC र अनलाइन सेवा विस्तार
काठमाडौँ । ग्राहक सेवा सुधार गर्ने लक्ष्यसहित नेपाल टेलिकमले विभिन्न नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको छ। सञ्चार मन्त्रालयको १० बुँदे सुधार योजनाअन्तर्गत कम्पनीले पारदर्शी र प्रविधिमैत्री सेवा प्रवाहमा जोड दिएको हो। यसैक्रममा ‘वन टाइम केवाइसी’ प्रणाली लागू गरिने भएको छ, जसले ग्राहकलाई बारम्बार कागजात पेस गर्नुपर्ने झन्झट हटाउनेछ। साथै ई–सिम, सिम पुनःप्राप्ति र गुनासो व्यवस्थापन जस्ता सेवा अनलाइनमार्फत उपलब्ध गराइने तयारी भइरहेको छ।

श्रम ऐन पालना गर्न मन्त्रालयको आग्रह, न्यूनतम तलब र सुविधा सुनिश्चित गर्न निर्देशन

श्रम ऐन पालना गर्न मन्त्रालयको आग्रह, न्यूनतम तलब र सुविधा सुनिश्चित गर्न निर्देशन
काठमाडौँ । न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षासम्बन्धी व्यवस्था कार्यान्वयन गर्न श्रम मन्त्रालयले रोजगारदातालाई निर्देशन दिएको छ। मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १८ अनुसार तालिमी श्रमिकलाई समेत न्यूनतम पारिश्रमिक, बिरामी बिदा, सञ्चयकोष, उपदान र बिमालगायत सुविधा दिनुपर्ने स्पष्ट पारेको छ। मन्त्रालयका अनुसार विभिन्न अस्पताल, विद्यालय तथा अन्य संस्थाबाट तोकिएको सुविधा नपाएको गुनासो आएपछि यस्तो चेतावनी जारी गरिएको हो।

सभामुखमा डिपी अर्याल निर्विरोध निर्वाचित

सभामुखमा डिपी अर्याल निर्विरोध निर्वाचित
काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ। आज बसेको प्रतिनिधिसभाको बैठकमा संविधान सभाका ज्येष्ठ सदस्य तथा सभाअध्यक्ष अर्जुननरसिंह केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो। सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अर्यालको नाम प्रस्ताव गर्नुभएको थियो भने उक्त प्रस्तावलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले समर्थन गर्नुभएको थियो। समर्थनका क्रममा वाग्लेले विगतका सभामुखहरूको योगदान स्मरण गर्दै अर...

नागरिकता, निर्वाचन र विशेष सेवा सम्बन्धी अध्यादेश संसद्मा प्रस्तुत

नागरिकता, निर्वाचन र विशेष सेवा सम्बन्धी अध्यादेश संसद्मा प्रस्तुत
काठमाडौँ । प्रतिनिधिसभाको आज बसेको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीनवटा अध्यादेश पेश गर्नुभएको छ। सभाको पहिलो अधिवेशनअन्तर्गत सदस्यहरूले आ-आफ्ना मन्तव्य राखिसकेपछि नियमित कार्यसूचीमा उहाँले ‘नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश, २०८२’ प्रस्तुत गर्नुभएको हो। समानुपातिक प्रतिनिधित्वको बन्द सूचीमा जनसङ्ख्याको आधारमा आरक्षण सुनिश्चित गर्न कानुन संशोधन गरिएको जा...

विज्ञापन र सूचना प्रकाशनमा एकरूपता ल्याउन सरकारको नयाँ निर्देशन

विज्ञापन र सूचना प्रकाशनमा एकरूपता ल्याउन सरकारको नयाँ निर्देशन
काठमाडौँ । सरकारले सरकारी खर्चमा मितव्ययिता कायम गर्न सार्वजनिक निकायका सूचना तथा विज्ञापन सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको पत्रमा खर्च नियन्त्रण, विज्ञापन प्रकाशनमा एकरूपता, पारदर्शिता कायम गर्ने तथा सरकारी स्वामित्वका सञ्चार माध्यमको प्रवर्द्धन गर्ने उद्देश्य उल्लेख गरिएको छ। अब सबै सार्वजनिक निकायहरूले आफ्ना सूचना गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनजस्ता सरकारी...

प्रधानमन्त्री शाहद्वारा सुदूरपश्चिमका सांसदसँग विकासबारे छलफल

प्रधानमन्त्री शाहद्वारा सुदूरपश्चिमका सांसदसँग विकासबारे छलफल
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग विकास निर्माण र क्षेत्रीय समस्याबारे विस्तृत छलफल गर्नुभएको छ। आज सिंहदरबारमा भएको उक्त भेटमा प्रदेशको समग्र विकास अवस्थाबारे समीक्षा गरिएको थियो। डोटीका सांसद भरत खड्काका अनुसार प्रधानमन्त्रीले प्रदेशगत रूपमा निर्वाचित सांसदहरूसँग प्रत्यक्ष संवाद गर्दै विकासको वास्तविक अवस्थाबारे जानकारी लिनुभएको हो। छलफलका क्रममा सांसदहरूले आफ्ना जिल्लामा सञ्चालन भइरहेका तथा आवश्यक विभिन्न विकास योजनाबा...

एमाले सचिवालय बैठक जारी

एमाले सचिवालय बैठक जारी
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक जारी छ । पार्टी कार्यालय च्यासलमा बसेकाे बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरूद्ध एमालेले सुरू गरेको आन्दोलनबारे छलफल हुने बताइएको छ। गत भदौ २३ गते जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन्। गत शनिबार ओली पक्राउ परेकै दिन उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको सचिवालय बैठकले विरोधका कार्यक्रम तय गरेको थियो ।