राजनीति

रवि लामिछाने र महन्थ ठाकुरबीच भेटवार्ता

रवि लामिछाने र महन्थ ठाकुरबीच भेटवार्ता
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । त्यस अवसरमा उहाँहरुबीच समसामयिक राजनीतिक अवस्था, मधेस क्षेत्रको विकासका निम्ति आगामी दिनमा प्राथमिकता दिनुपर्ने योजनाहरूका विषयमा छलफल भएको अध्यक्ष लामिछानेको सचिवालयले जनाएको छ ।

पक्राउ परेका दीपक खड्का अस्पताल भर्ना, ७ दिन हिरासतमा राख्न अनुमति

पक्राउ परेका दीपक खड्का अस्पताल भर्ना, ७ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री Deepak Khadka अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई महाराजगन्जस्थित Tribhuvan University Teaching Hospital मा भर्ना गरिएको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले खड्कालाई आइतबार पक्राउ गरेको थियो । सोही दिन अदालतले उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । यसअघि जेनजी आन्दोलन दमन गरेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री KP Sharma Oli पनि सोही अस्पताल...

ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ । केपी शर्मा ओली र रमेश लेखक लाई अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। प्रहरीले १० दिन थुनामा राख्न म्याद थप माग गरेको भए पनि काठमाडौँ जिल्ला अदालत ले पाँच दिन मात्र हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। आइतबार न्यायाधीश आनन्द श्रेष्ठ को इजलासले यस्तो आदेश दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिनुभयो।

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण रिट संशोधन मुद्दा पूर्ण इजलास पेश गर्न आदेश

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण रिट संशोधन मुद्दा पूर्ण इजलास पेश गर्न आदेश
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित प्रतिवादीहरू संलग्न रहेको सम्पत्ति शुद्धीकरण रिट संशोधनविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश गर्न आदेश दिएको छ। न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले उक्त मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको हो। अब उक्त मुद्दाको अन्तिम सुनुवाइ पूर्ण इजलासमा हुनेछ।

तीन पूर्वप्रधानमन्त्रीको सम्पत्तिमाथि छानबिन सुरु, सीआईबीद्वारा अनुसन्धान तीव्र

तीन पूर्वप्रधानमन्त्रीको सम्पत्तिमाथि छानबिन सुरु, सीआईबीद्वारा अनुसन्धान तीव्र
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग को पत्राचारपछि केन्द्रीय अनुसन्धान ब्यूरो ले तीन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल को सम्पत्तिमाथि छानबिन प्रक्रिया अघि बढाएको छ। विभागकै निर्देशनअनुसार आइतबार कांग्रेस नेता तथा पूर्वऊर्जा मन्त्री दीपक खड्का लाई समेत सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि पक्राउ गरिएको छ। सीआईबीका एआईजी मनोज केसी का अनुसार विभागको पत्रका आधारमा अनुसन्धान अघि बढाइएको हो। तीन पूर्वप्रधानमन्त्रीबारे भने उन...

पक्राउपछि ओलीलाई टिचिङ अस्पतालको रेड जोनमा राखियो

पक्राउपछि ओलीलाई टिचिङ अस्पतालको रेड जोनमा राखियो
काठमाडौँ । जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पताल लगिएको छ। शनिबार बिहान गुन्डुस्थित निवासबाट पक्राउ गरिएका उनलाई काठमाडौँ जिल्ला प्रहरी परिसरबाट अस्पताल पुर्‍याइएको हो। हाल उनलाई टिचिङ अस्पतालको रेड जोनको २७ नम्बर बेडमा राखिएको छ।

ओली पक्राउपछि एमाले आक्रोशित, आकस्मिक बैठक बस्दै

ओली पक्राउपछि एमाले आक्रोशित, आकस्मिक बैठक बस्दै
काठमाडौँ । केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ। पार्टी मुख्यालय च्यासलमा सुरु भएको बैठकले ओली पक्राउको विरोधमा आन्दोलनका कार्यक्रम तय गर्ने तयारी गरेको छ। एमाले महासचिव पोखरेलले ओली पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै यसको परिणाम गम्भीर हुने चेतावनी दिनुभएको छ।

ओली र लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

ओली र लेखकलाई  स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
काठमाडौँ । पक्राउ परेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। प्रहरी परिसर भद्रकालीबाट उहाँहरुलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ। ज्यान सम्बन्धी कसुरसम्बन्धी मुद्दाको अनुसन्धानका लागि आज बिहान उहाँहरुलाई पक्राउ गरिएको हो। यस घटनाबारे छलफल गर्न नेकपा एमालेले आज बिहान साढे ८ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बोलाएको छ। सचिवालय बैठकपछि केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुसँग भर्चुअल...

सरकारको प्रवक्तामा शिक्षा तथा खेलकुदमन्त्री पोखरेल

सरकारको प्रवक्तामा शिक्षा तथा खेलकुदमन्त्री पोखरेल
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सकिएको छ । बैठकले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्ता तोकेको छ । विगतमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई प्रवक्ता बनाउने प्रचलन रहे पनि यसपटक उक्त जिम्मेवारी पोखरेललाई दिइएको हो । मन्त्रिपरिषद्का अन्य निर्णय भने सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

मन्त्रिपरिषद् बैठकद्वारा जेनजी आन्दोलनबारे कार्की प्रतिवेदन लागू गर्ने निर्णय

मन्त्रिपरिषद् बैठकद्वारा जेनजी आन्दोलनबारे कार्की प्रतिवेदन लागू गर्ने निर्णय
काठमाडौँ । मन्त्रिपरिषद्को पहिलो बैठकले जेनजी आन्दोलनको अवस्थाबारे अध्ययन गर्न गठन गरिएको कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै आयोगले पेश गरेको प्रतिवेदन तत्काल लागू गर्ने निर्णय भएको जानकारी दिनुभयो । बैठकले आन्दोलनका क्रममा ज्यान गुमाउने व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णय पनि गरेको उहाँले बताउनुभयो ।