काठमाडौँ । संघीय संसदका विषयगत समितिहरूमा नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ। अधिकांश समितिमा सहमतिकै आधारमा सभापति चयन भए पनि दुई समितिमा प्रतिस्पर्धात्मक निर्वाचन भएको थियो।
राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको अनुगमन समितिमा रास्वपाका गणेश कार्की विजयी भएका छन्। यस पदमा नेकपाकी मदन कुमारी शाह (गरिमा) पनि उम्मेदवार थिइन्।
त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाकी ओजस्वी शेरचन निर्वाचित भएकी छन्। उनले एमालेका गुरुप्रसाद बराललाई पराजित गरिन्।
सम्पूर्ण प्रक्रियापछि रास्वपाले ११ समितिमा नेतृत्व हात पारेको छ भने सार्वजनिक लेखा समितिमा कांग्रेसका भरत खड्का निर्विरोध सभापति बनेका छन्। सबै नवनिर्वाचित सभापतिहरूले सभामुख डिपी अर्यालबाट शपथ ग्रहण गरेका छन्।
संवाददाता








