सामाजिक

ड्युटीका क्रममा घाइते भएका प्रहरी निरीक्षकको ज्यान गयो

ड्युटीका क्रममा घाइते भएका प्रहरी निरीक्षकको ज्यान गयो
काठमाडौँ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ३३ वर्षीय अभय लामाको मृत्यु भएको छ । रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ घर भएका लामा गत चैत २९ गते ट्रकको ठक्करबाट गम्भीर घाइते भएका थिए । लामाको ललितपुर ग्वार्कोस्थित ‘बी एण्ड बी’ अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए।

बालेन शाहबारे विवादास्पद भिडिओ बनाएका रोशन पोखरेल छुटे

बालेन शाहबारे विवादास्पद भिडिओ बनाएका रोशन पोखरेल छुटे
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह लगायत नेतामाथि अपमानजनक शब्द प्रयोग गरी भिडिओ बनाएको आरोपमा पक्राउ परेका युट्युबर रोशन पोखरेल रिहा भएका छन्। प्रहरीले आवश्यक परेमा उपस्थित हुने सर्तमा उनलाई आफन्तको जिम्मा लगाएको जनाएको छ। पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ निवासी पोखरेललाई चैत २६ गते पक्राउ गरिएको थियो। उनको गिरफ्तारीपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री शाहको पक्ष र विपक्षमा व्यापक चर्चा भएको थियो।

मापसे र ट्राफिक नियम उल्लङ्घन गर्ने विरुद्ध कडा कदम, १०१ चालक समातिए

मापसे र ट्राफिक नियम उल्लङ्घन गर्ने विरुद्ध कडा कदम, १०१ चालक समातिए
काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष ‘सप्राइज चेकिङ’ अभियानअन्तर्गत आज एकैदिन १०१ जना सवारी चालक कारबाहीमा परेका छन्। विभिन्न स्थानमा गरिएको जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ५ जना, रातो बत्ती उल्लङ्घन गर्ने २ जना र लेन अनुशासन नमान्ने तथा अन्य नियम तोड्ने ९४ चालकलाई कारबाही गरिएको हो। ट्राफिक प्रहरीका प्रवक्ता एसपी नरेशराज सुवेदीले मापसे गरेर सवारी चलाउनु गम्भीर अपराध भएको भन्दै यसले सबैको ज्यान जोखिममा पार्ने बताउनुभयो। साथै, श...

रेड्मी ए–सेभेन नेपाली बजारमा

रेड्मी ए–सेभेन नेपाली बजारमा
काठमाडौँ । साओमीले बजेट सेग्मेन्टमा नयाँ स्मार्टफोन ‘रेड्मी ए–सेभेन’ ल्याएको छ, जसमा आकर्षक डिजाइन र आधुनिक फिचरहरू समावेश गरिएको छ। यसमा ६.८८ इन्चको डिस्प्ले, १२०Hz रिफ्रेस रेट र ‘डिसी डिमिङ’ प्रविधि समावेश छ, जसले लामो समय प्रयोग गर्दा आँखामा कम असर पार्छ। ५२००mAh ब्याट्री, साइड फिंगरप्रिन्ट, एआई फेस अनलक र ३.५mm हेडफोन ज्याक जस्ता सुविधा पनि यसमा उपलब्ध छन्। नेपाली बजारमा यसको मूल्य १५,९९९ रुपैयाँ रहेको छ।

ग्राहक गुनासोपछि नेपाल टेलिकममा सुधार, वन टाइम KYC र अनलाइन सेवा विस्तार

ग्राहक गुनासोपछि नेपाल टेलिकममा सुधार, वन टाइम KYC र अनलाइन सेवा विस्तार
काठमाडौँ । ग्राहक सेवा सुधार गर्ने लक्ष्यसहित नेपाल टेलिकमले विभिन्न नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको छ। सञ्चार मन्त्रालयको १० बुँदे सुधार योजनाअन्तर्गत कम्पनीले पारदर्शी र प्रविधिमैत्री सेवा प्रवाहमा जोड दिएको हो। यसैक्रममा ‘वन टाइम केवाइसी’ प्रणाली लागू गरिने भएको छ, जसले ग्राहकलाई बारम्बार कागजात पेस गर्नुपर्ने झन्झट हटाउनेछ। साथै ई–सिम, सिम पुनःप्राप्ति र गुनासो व्यवस्थापन जस्ता सेवा अनलाइनमार्फत उपलब्ध गराइने तयारी भइरहेको छ।

यात्रुलाई जबर्जस्ती तान्ने बिचौलियामाथि एक्सन, काँकडभिट्टाबाट २४ पक्राउ

यात्रुलाई जबर्जस्ती तान्ने बिचौलियामाथि एक्सन, काँकडभिट्टाबाट २४ पक्राउ
काठमाडौँ । पूर्वीनाका काँकडभिट्टामा यात्रुलाई जबर्जस्ती तानातान गर्ने २४ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले बसपार्क, भन्सार क्षेत्र र बजारबाट उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ पर्ने सबै पुरुष हुन्। उनीहरूले यात्रुलाई गन्तव्यसम्म लैजाने, होटलमा बसाल्ने र अस्पताल पुर्‍याउने बहानामा हैरानी दिने गरेको पाइएको छ। यात्रुबाट गुनासो आएपछि प्रहरीले निगरानी ब...

दार्चुलाको शैल्यशिखरमा दुर्घटना, इन्जिनियरसहित दुई जनाको ज्यान गयो

दार्चुलाको शैल्यशिखरमा दुर्घटना, इन्जिनियरसहित दुई जनाको ज्यान गयो
काठमाडौँ । दार्चुलाको शैल्यशिखर नगरपालिका–४ ओसिल क्षेत्रमा जीप दुर्घटना हुँदा दुई जना सरकारी कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत इन्जिनियर मनिषा चन्द र वरिष्ठ प्रशासकीय अधिकृत भरतबहादुर तितराको ज्यान गएको हो। उनीहरू कामको सिलसिलामा काडापारीबाट ओसिलतर्फ जाँदै गरेका थिए। उक्त दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। घाइतेहरूको गोकुलेश्वरस्थित गोकुलेश्वर अस्पतालम...

पूर्व–पश्चिम राजमार्गमा बस, ट्रक र पिकअप ठोक्किए, १२ घाइते

पूर्व–पश्चिम राजमार्गमा बस, ट्रक र पिकअप ठोक्किए, १२ घाइते
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । गैँडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिक आज बिहान नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बसले विपरीत दिशाबाट जाँदै गरेको पिकअप भ्यान र ट्रकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा बस, पिकअप र ट्रकका चालकसहित अन्य यात्रु घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि चितवन पठाइएको छ । हाल सडकमा यातायात सञ्चालन सामान्य अवस्थामा फ...

धरान र दुहवीबाट दमकल मगाएर निभाइयो इटहरीको चोकको आगो

धरान र दुहवीबाट दमकल मगाएर निभाइयो इटहरीको चोकको आगो
विराटनगर । सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा आएको छ। बिहान करिब १० बजेतिर क्याफेको भान्साबाट सुरु भएको आगो सुरक्षाकर्मी, स्थानीयवासी तथा छिमेकी पालिकाबाट आएका दमकलको सहयोगमा निभाइएको हो। इटहरी उपमहानगरपालिकाको दमकल जेन–जी आन्दोलनका क्रममा जलाइएको कारण उपलब्ध नभएपछि आगो नियन्त्रणमा ढिलाइ भएको थियो। करिब दुई घण्टापछि धरान र दुहवीबाट आएका दमकलले आगो निभाएका हुन्। क्षतिको विवरण संकलन भइरहेको छ।

पाल्पामा तीन वर्षमा हजार बढी सम्बन्धविच्छेद

पाल्पामा तीन वर्षमा हजार बढी सम्बन्धविच्छेद
पाल्पा| पाल्पामा गएको तीन आर्थिक वर्षमा एक हजार बढीले सम्बन्धविच्छद गरेका छन् । पछिल्लो तीन वर्षमा एक हजार ३ सय ५६ वटा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएकोमा एक हजार १ सय ४२ मुद्दा फछ्र्यौट गरिएको जिल्ला अदालत पाल्पाले जनाएको छ । जसमा आर्थिक वर्ष २०७९÷८० मा जिल्ला अदालत पाल्पामा जम्मा चार सय ४३ वटा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएकोमा तीन सय ६२ फछ्र्यौट भएको थियो । यस्तैगरी आर्थिक वर्ष २०८०÷८१ मा चार सय २८ र २०८१÷८२ मा चार सय ८५ मुद्दा दर्ता भएका थिए । जसमा आर्थिक वर्ष २०८०÷...