काठमाडौँ । पूर्वीनाका काँकडभिट्टामा यात्रुलाई जबर्जस्ती तानातान गर्ने २४ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले बसपार्क, भन्सार क्षेत्र र बजारबाट उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ पर्ने सबै पुरुष हुन्।
उनीहरूले यात्रुलाई गन्तव्यसम्म लैजाने, होटलमा बसाल्ने र अस्पताल पुर्याउने बहानामा हैरानी दिने गरेको पाइएको छ।
यात्रुबाट गुनासो आएपछि प्रहरीले निगरानी बढाएर कारबाही गरेको जनाएको छ।
संवाददाता








