खेलकुद

पाल्पामा तीन वर्षमा हजार बढी सम्बन्धविच्छेद

पाल्पामा तीन वर्षमा हजार बढी सम्बन्धविच्छेद
पाल्पा| पाल्पामा गएको तीन आर्थिक वर्षमा एक हजार बढीले सम्बन्धविच्छद गरेका छन् । पछिल्लो तीन वर्षमा एक हजार ३ सय ५६ वटा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएकोमा एक हजार १ सय ४२ मुद्दा फछ्र्यौट गरिएको जिल्ला अदालत पाल्पाले जनाएको छ । जसमा आर्थिक वर्ष २०७९÷८० मा जिल्ला अदालत पाल्पामा जम्मा चार सय ४३ वटा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएकोमा तीन सय ६२ फछ्र्यौट भएको थियो । यस्तैगरी आर्थिक वर्ष २०८०÷८१ मा चार सय २८ र २०८१÷८२ मा चार सय ८५ मुद्दा दर्ता भएका थिए । जसमा आर्थिक वर्ष २०८०÷...

युवाको लाखे संरक्षणमा सक्रियता

युवाको लाखे संरक्षणमा सक्रियता
पाल्पा । तानसेनका युवाहरुले पछिल्लो समय लोप हुँदै गएको लाखे नाच संस्कृति जोगाउन सक्रियता देखाएका छन् । केही वर्ष पहिलेसम्म मनोरञ्जन र परम्परा संरक्षणको राम्रो माध्यम लाखे नाचमा पाका पुस्ताको रुचि कम र पुस्ताहन्तान्तरणमा कमि आएका कारण यसको संरक्षण गर्न स्थानीय युवाले सक्रियता देखाएका हुन । विशेषगरी नेवार समुदायमा प्रचलित लाखे नाच आधुनिकताको संगै लोप हुन थालेपछि पाल्पाली नाट्य कला सांस्कृति समूहमा रहेका युवाहरु लाखे जोगाउन सक्रिय भएका हुन । लाखे नाच खास गरी घण्टाकर्णदेखि सुर...

रामपुरले जित्यो माथागढी कप फुटबल प्रतियोगिताको उपाधि

रामपुरले जित्यो माथागढी कप फुटबल प्रतियोगिताको उपाधि
पाल्पा । माथागढी कप फुटबल प्रतियोगिताको उपाधि रामपुर नगरपालिकाले हात पारेको छ । बुधबार माथागढीको सराई खेलमैदानमा भएको फाइनल खेलमा रामपुरले माथागढीलाई १–० गोल अन्तरले हराउँदै उपाधि जितेको हो । जितसँगै रामपुरले एक लाख नगदसहित प्रमाणपत्र, कप र ट्रफी प्राप्त गरेको छ । यसैगरी प्रतियोगितामा आयोजक माथागढी गाउँपालिकाको समूह दोस्रो बनेको छ । जसले ७५ हजार नगदसहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेको छ । प्रतियोगितामा तिनाउ गाउँपालिका तेस्रो भएर ५० हजार नगदसहित प्रमाण पत्र, मेडल...

निस्दी रनिङ शिल्डको उपाधि सरस्वती माविलाई

पाल्पा । निस्दी गाउँपालिकामा सञ्चालित छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सरस्वती माध्यमिक विद्यालय निस्दी–५,गल्धाले जितेको छ । गएको माघ १५ गतेदेखि १७ गतेस्म्म निस्दीको खेल मैदान झ्याल्टुङ्गमा सञ्चालन भएको प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालयले ८ स्वर्ण, ४ रजत र १ कास्य पदक गरी कुल १३ पदक सहित पहिलो बन्न सफल भएको हो । त्यसैगरी जनता माध्यमिक विद्यालय निस्दी–५, ढुंगानाबेसीले ६ स्वर्ण, ४ रजत र ३ कास्य पदक प्राप्त गरेर दोस्रो भएको छ । बालहित माध्यमिक विद्यालय नि...

सौभाग्य माविले जित्यो माथागढीको रनिङ शिल्ड

सौभाग्य माविले जित्यो माथागढीको रनिङ शिल्ड
पाल्पा| माथागढी गाउँपालिकाले संचालन गरेको छैठौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि सौभाग्य माध्यमिक विद्यालय, चिदीपानीले जितेको छ । तीन दिनसम्म ३ नं. वडा कसेनी सराईमा सञ्चालन भएको प्रतियोगितामा १९ पदक जितेर सौभाग्य मावि पहिलो बनेको हो । सौभाग्य माविले ८ स्वर्ण, ६ रजत र ५ वटा कास्यपदक जितेको माथागढी गाउँपालिका शिक्षा शाखाकी प्राविधिक सहायक एलिना थपलियाले जानकारी दिनुभयो । यस्तैगरी किसान माध्यमिक विद्यालय, झडेवाले ७ स्वर्ण, तीन रजत र ४ कास्य पदकसहित दोस्रो भएको छ । प्रतियोगितामा ...

माथागढीमा राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता सुरु

पाल्पा । माथागढी गाउँपालिकामा राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता सुरु भएको छ । आज बिहीबारदेखि सुरु भएको प्रतियोगितामा गाउँपालिका भित्रका १५ वटा विद्यालयका खेलाडी विद्यार्थीहरू सहभागी भएका छन् । प्रतियोगिताको शुभारम्भ गर्दै प्रतिनिधिसभाका सदस्य नारायणप्रसाद आचार्यले विद्यार्थीमा अनुशासन र एकताको भावना जागृत गराउन खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गर्नुभयो । उहाँले माथागढीले विगतमा पनि जिल्लास्तरीय खेल सञ्चालन गर्न सफल भएको बताउदै गाउँपालिकाभित्रका विभिन्न विद्य...

दमकडामा दृष्टिविहिनहरुका बिच कबड्डी प्रतियोगिता सम्पन्न

दमकडामा दृष्टिविहिनहरुका बिच कबड्डी प्रतियोगिता सम्पन्न
पाल्पा । तानसेन ९ दमकडामा दृष्टिविहिनहरुका बिच कबड्डी प्रतियोगिता सम्पन्न भएको छ । दमकडा नमुना माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीका बिचमा प्रतियोगिता गरिएको हो । प्रतियोगितामा विवश कुमालको निलो जर्सी र जगतबहादुर कुँवरको रातो जर्सीको नेतृत्वमा भएको खेलमा जगतबहादुर कुँवरको रातो जर्सीको समूह विजयी भएको छ । यस्तैगरी विवश कुमालको निलो जर्सीको समूह उपविजेता भएको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले जानकारी दिनुभयो । विद्यालयस्तरमा अध्ययन गर्दा शारीरि...

तिनाउको रनिङ शिल्डको उपाधि पृथ्वी प्रकाश माविलाई

तिनाउको रनिङ शिल्डको उपाधि पृथ्वी प्रकाश माविलाई
पाल्पा । तिनाउ गाउँपालिकामा संचालन भएको छैटौं राष्ट्रपति रनिङ शिल्डको उपाधि पृथ्वी प्रकाश माध्यमिक विद्यालय, सत्यवतीले हात पारेकोछ । गत वर्षको समेत बिजेता रहेको पृथ्वी प्रकाश माविले ७ स्वर्ण ४ रजत र ६ कास्य सहित कुल १७ पदक जितेर पहिलो भएको हो । यस्तैगरी प्रतियोगितामा ४ स्वर्ण, ६ रजत र २ कास्य सहित कुल १२ पदक जितेर तिलोत्तमा माध्यमिक विद्यालय, झुम्सा दोस्रो भएको छ । थानिडाँडा माध्यमिक विद्यालयले ४ स्वर्ण, ३ कास्य पदक गरी ७ पदक प्राप्त गरेर तेस्रो भएको गाउँपालिका अध्यक्ष प्र...