धरान र दुहवीबाट दमकल मगाएर निभाइयो इटहरीको चोकको आगो
विराटनगर । सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा आएको छ।
बिहान करिब १० बजेतिर क्याफेको भान्साबाट सुरु भएको आगो सुरक्षाकर्मी, स्थानीयवासी तथा छिमेकी पालिकाबाट आएका दमकलको सहयोगमा निभाइएको हो।
इटहरी उपमहानगरपालिकाको दमकल जेन–जी आन्दोलनका क्रममा जलाइएको कारण उपलब्ध नभएपछि आगो नियन्त्रणमा ढिलाइ भएको थियो।
करिब दुई घण्टापछि धरान र दुहवीबाट आएका दमकलले आगो निभाएका हुन्। क्षतिको विवरण संकलन भइरहेको छ।


