राजनीति

सरकारको प्रवक्तामा शिक्षा तथा खेलकुदमन्त्री पोखरेल

सरकारको प्रवक्तामा शिक्षा तथा खेलकुदमन्त्री पोखरेल
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सकिएको छ । बैठकले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्ता तोकेको छ । विगतमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई प्रवक्ता बनाउने प्रचलन रहे पनि यसपटक उक्त जिम्मेवारी पोखरेललाई दिइएको हो । मन्त्रिपरिषद्का अन्य निर्णय भने सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

मन्त्रिपरिषद् बैठकद्वारा जेनजी आन्दोलनबारे कार्की प्रतिवेदन लागू गर्ने निर्णय

मन्त्रिपरिषद् बैठकद्वारा जेनजी आन्दोलनबारे कार्की प्रतिवेदन लागू गर्ने निर्णय
काठमाडौँ । मन्त्रिपरिषद्को पहिलो बैठकले जेनजी आन्दोलनको अवस्थाबारे अध्ययन गर्न गठन गरिएको कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै आयोगले पेश गरेको प्रतिवेदन तत्काल लागू गर्ने निर्णय भएको जानकारी दिनुभयो । बैठकले आन्दोलनका क्रममा ज्यान गुमाउने व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णय पनि गरेको उहाँले बताउनुभयो ।

नवनियुक्त मन्त्रीहरूले आज शपथ लिएका छन्

नवनियुक्त मन्त्रीहरूले आज शपथ लिएका छन्
राष्ट्रपति रामचन्द्र पौडेल ले राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। आजै प्रधानमन्त्री बालेन्द्र शाह ले पनि पद तथा गोपनीयताको शपथ लिनुभएको थियो। शपथ ग्रहण कार्यक्रममा बटुकले स्वस्तिवाचन र रवि लामिछाने ले मंगलवाचन गरेका थिए। नयाँ मन्त्रिपरिषद्का मुख्य सदस्यहरू बालेन्द्र शाह – प्रधानमन्त्री; रक्षा तथा उद्योग मन्त्रालय पनि सम्हाले। स्वर्णिम वाग्ले – अर्थमन्त्री सुधन गुरुङ – गृहमन्त्री शिशिर ख...

बालेन्द्र शाहले लिए प्रधानमन्त्री पदको शपथ

बालेन्द्र शाहले लिए प्रधानमन्त्री पदको शपथ
काठमाडौँ । रामचन्द्र पौडेल समक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह ले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले शाहलाई प्रधानमन्त्री पदको शपथ गराउनुभएको हो। राष्ट्रपति पौडेलले आज बिहान नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो। शपथ ग्रहणसँगै बालेन्द्र शाह औपचारिक रूपमा नेपालको प्रधानमन्त्रीको जिम्मेवारीमा प्रवेश गर्नुभएको छ। नयाँ सरकार गठनसँगै ...

१५ सदस्यीय मन्त्रिपरिषद् घोषणा

१५ सदस्यीय मन्त्रिपरिषद् घोषणा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज दिउँसो १२ः३४ बजे नेपालका प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ। उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो। प्रधानमन्त्री बालेन्द्र शाहको शपथसँगै आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ। रास्वपाका शीर्ष नेतृत्वले मन्त्रीहरूको नाम टुंगो लगाइसकेको जनाएको छ। १५ सदस्यीय मन्त्रिपरिषद्मा बालेन्द्र शाह प्रधानमन्त्री रहनेछन् भने स्वर्णिम...

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ। संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताका रूपमा उहाँलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो। वि.सं. २०४६ साल माघ २५ गते काठमाडौँको नरदेवीमा जन्मनुभएका शाहले राजनीति अघि फरक पहिचान बनाइसक्नुभएको थियो। रास्वपामा प्रवेश गर्नुअघि उहाँ २०७९ जेठदेखि २०८२ माघ ४ गतेसम्म काठमाडौँ महानगरपालिकाको मेय...

ज्येष्ठ सदस्य केसी शपथग्रहीत, प्रतिनिधिसभा औपचारिक रूपमा सक्रिय

ज्येष्ठ सदस्य केसी शपथग्रहीत, प्रतिनिधिसभा औपचारिक रूपमा सक्रिय
काठमाडौँ । अर्जुननरसिंह केसीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित कार्यक्रममा उहाँलाई शपथ गराउनुभएको हो। नेपाली कांग्रेसबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित केसीले भोलि दिउँसो २ बजे २७४ सांसदलाई शपथ गराउने कार्यक्रम रहेको छ।

बालेन सपथको साइत निस्कियो, १०८ बटुक र १०७ लामाबाट स्वस्ति वाचन हुने

बालेन सपथको साइत निस्कियो, १०८ बटुक र १०७ लामाबाट स्वस्ति वाचन हुने
काठमाडौँ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको प्रधानमन्त्रीका रूपमा सपथग्रहण शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा हुने भएको छ। बालेननिकट स्रोतका अनुसार सोही साइतमा सपथ लिने जानकारी राष्ट्रपति कार्यालयलाई दिइएको छ। समारोहमा १०८ जना बटुकले स्वस्तिक वाचन गर्नेछन् भने १०७ जना बौद्ध लामा गुरुबाट मंगलवाचन गरिने तयारी छ। साथै ७ जना ब्राम्हणले शंखनाद गर्ने कार्यक्रम पनि तय गरिएको छ।

विदेशी बुहारीको नागरिकतामा भिसा नियमित हुनुपर्ने व्यवस्था

विदेशी बुहारीको नागरिकतामा भिसा नियमित हुनुपर्ने व्यवस्था
काठमाडौँ । संशोधित नागरिकता नियमावलीले नागरिकता जारी गर्दा आवश्यक कागजातका अतिरिक्त स्वघोषणालाई पनि महत्वपूर्ण आधारका रूपमा मान्यता दिएको छ। त्यसका लागि आवश्यक ढाँचा पनि नियमावलीमा समावेश गरिएको छ। यसअघि वैवाहिक अङ्गीकृत बाहेकका अन्य अङ्गीकृत नागरिकता गृह मन्त्रालयको निर्णयबाट मात्र प्रदान हुने व्यवस्था थियो। तर नयाँ कानुनी व्यवस्थाअनुसार उक्त अधिकार प्रमुख जिल्ला अधिकारीलाई प्रत्यायोजन गर्न सकिने व्यवस्था गरिएको छ।

पाल्पामा तीन वर्षमा हजार बढी सम्बन्धविच्छेद

पाल्पामा तीन वर्षमा हजार बढी सम्बन्धविच्छेद
पाल्पा| पाल्पामा गएको तीन आर्थिक वर्षमा एक हजार बढीले सम्बन्धविच्छद गरेका छन् । पछिल्लो तीन वर्षमा एक हजार ३ सय ५६ वटा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएकोमा एक हजार १ सय ४२ मुद्दा फछ्र्यौट गरिएको जिल्ला अदालत पाल्पाले जनाएको छ । जसमा आर्थिक वर्ष २०७९÷८० मा जिल्ला अदालत पाल्पामा जम्मा चार सय ४३ वटा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएकोमा तीन सय ६२ फछ्र्यौट भएको थियो । यस्तैगरी आर्थिक वर्ष २०८०÷८१ मा चार सय २८ र २०८१÷८२ मा चार सय ८५ मुद्दा दर्ता भएका थिए । जसमा आर्थिक वर्ष २०८०÷...