अन्य

पाल्पामा तीन वर्षमा हजार बढी सम्बन्धविच्छेद

पाल्पामा तीन वर्षमा हजार बढी सम्बन्धविच्छेद
पाल्पा| पाल्पामा गएको तीन आर्थिक वर्षमा एक हजार बढीले सम्बन्धविच्छद गरेका छन् । पछिल्लो तीन वर्षमा एक हजार ३ सय ५६ वटा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएकोमा एक हजार १ सय ४२ मुद्दा फछ्र्यौट गरिएको जिल्ला अदालत पाल्पाले जनाएको छ । जसमा आर्थिक वर्ष २०७९÷८० मा जिल्ला अदालत पाल्पामा जम्मा चार सय ४३ वटा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएकोमा तीन सय ६२ फछ्र्यौट भएको थियो । यस्तैगरी आर्थिक वर्ष २०८०÷८१ मा चार सय २८ र २०८१÷८२ मा चार सय ८५ मुद्दा दर्ता भएका थिए । जसमा आर्थिक वर्ष २०८०÷...

युवाको लाखे संरक्षणमा सक्रियता

युवाको लाखे संरक्षणमा सक्रियता
पाल्पा । तानसेनका युवाहरुले पछिल्लो समय लोप हुँदै गएको लाखे नाच संस्कृति जोगाउन सक्रियता देखाएका छन् । केही वर्ष पहिलेसम्म मनोरञ्जन र परम्परा संरक्षणको राम्रो माध्यम लाखे नाचमा पाका पुस्ताको रुचि कम र पुस्ताहन्तान्तरणमा कमि आएका कारण यसको संरक्षण गर्न स्थानीय युवाले सक्रियता देखाएका हुन । विशेषगरी नेवार समुदायमा प्रचलित लाखे नाच आधुनिकताको संगै लोप हुन थालेपछि पाल्पाली नाट्य कला सांस्कृति समूहमा रहेका युवाहरु लाखे जोगाउन सक्रिय भएका हुन । लाखे नाच खास गरी घण्टाकर्णदेखि सुर...

पाल्पा प्रशासनले संकलन गर्‍यो ५ करोडभन्दा बढी राजस्व

पाल्पा प्रशासनले संकलन गर्‍यो ५ करोडभन्दा बढी राजस्व
पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले एक वर्षमा ५ करोड ४३ लाख बढी राजश्व उठाएको जनाएको छ । पाल्पाली पत्रकारसंग बुधबार भएको भेटघाट कार्यक्रममा गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्ला प्रशासन कार्यालयले विभिन्न शिर्षकबाट उक्त ५ करोड ४३ लाख १९ हजार ६ सय ५६ रुपैयाँ राजस्व संकलन गरेको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिनुभयो । प्रशासन कार्यालयले सबैभन्दा बढी राजस्व राहदानी शुल्कबाट संकलन गरेको छ । गत आर्थिक वर्षमा आठ हजार ७७ साधारण र २ सय २३ द्रुत राहदानीबाट ४ करो...

चापपानी स्वास्थ्य चौकीको एम्बुलेन्स दुई वर्षदेखि ग्यारेजमा खडा

चापपानी स्वास्थ्य चौकीको एम्बुलेन्स दुई वर्षदेखि ग्यारेजमा खडा
पाल्पा । चापपानी स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्स ग्यारेजमा खडा भएको करिब २ वर्ष बढी भएको छ । एम्बुलेन्स २०८० वैशाख ५ गतेदेखि हालसम्म ग्यारेजमा थन्काएर राखिएको हो । भारतीय राजदुतावास काठमाडौले २०७५ साल बैशाख ५ गते चापपानी स्वास्थ्य चौकीको स्वामित्वमा रहनेगरी उपलब्ध गराएको एम्बुलेन्स २०७६ साउन देखि २०८० बैशाख ५ गते सम्म सञ्चालनमा रहेपनि त्यसपछि बिचमा १५ दिन बाहेक अन्य समयमा सञ्चालन नभएको चापपानी स्वास्थ्य चौकी प्रमुख सिर्जना चापागाईले जानकारी दिनुभयो । सेवा सुविधा कम भएको ...

प्रेम लामिछाने मगरको कचकचे जोई तीज गीत बजारमा

प्रेम लामिछाने मगरको कचकचे जोई तीज गीत बजारमा
पाल्पा । गायक प्रेम लामिछाने मगरको कचकचे जोई तीज गीत बजारमा आएको छ । लामो समयदेखि सञ्चार र गायन क्षेत्रलाई पेशागत हिसाबले अंगाल्दै आउनुभएका लोकदुनियाको साथी लामिछाने मगरले नयाँ गीत बजारमा ल्याउनुभएको हो । समाज अनि घरपरिवार भित्र श्रीमान अनि श्रीमती बिचको झगडालाई गीतको भिडियोमा देखाउन खोजिएको गायक लामिछाने मगरले बताउनुभयो । उहाँले भिडियोमा टेली सिरिएलकी चर्चित अभिनेत्री नबिना सिलवाल (खुइली) र स्वयम आफ्नो अभिनय रहेको बताउनुभयो । मरुभूमिनारायणको छायांकनमा रहेको उक्त भि...