मनोरञ्जन

एकैदिन ३९ सयले घट्यो सुनको भाउ, ताेलाकाे कति ?

एकैदिन ३९ सयले घट्यो सुनको भाउ, ताेलाकाे कति ?
काठमाडौं । सुनको मूल्यमा आज एकै दिन ३९ सय रूपैयाँले भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलामा ३९०० रुपैयाँले घटेको हो । मुल्य घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँमा झरेको छ । बिहिवार तोलामा १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । साथै, आज चाँदीको मूल्य पनि १२५ रुपैयाँले घटेको छ । बिहीबार १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार भने १ हजार ८७० कायम भएको हो ।

काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात

काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात
भद्रपुर । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको आठ महिनामा रु १७ अर्व ७३ करोड ८४ लाख बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । आठ महिनाको अवधिमा सबैभन्दा धेरै चिया रु आठ अर्ब २० करोड ९६ लाख, अलैँची रु पाँच अर्ब २४ करोड ४० लाख, प्लाइ तथा भेनियर रु दुई अर्ब ७३ करोड ६३ ला...

‘खुस्मा’ टिमको नयाँ फिल्म ‘जलाकी’ को छायाङ्कन सुरु

‘खुस्मा’ टिमको नयाँ फिल्म ‘जलाकी’ को छायाङ्कन सुरु
गत असोज ३ गते प्रदर्शनमा आएको हिट फिल्म ‘खुस्मा’ टिमले नयाँ प्रोजेक्ट सुरुवात गरेको छ । यो टिमले नयाँ फिल्म ‘जलाकी’को छायाङ्कन सुरु गरेको हो । खुम्साका निर्देशक अशोक थापा मगरले नै यस फिल्मको निर्देशन गर्दैछन् । नायिकामा उपासना सिंह ठकुरी दोहोरिएकी छन् । नायकमा भने फिल्म ‘साम्बाला’का नायक सोना तोप्देन रहेका छन् । अस्तित्व भट्टचन र आकृति राजभण्डारी मुख्य भूमिकामा रहने निर्माण पक्षले जनाएको छ । ‘आकृति’ गायक सुशान्त केसीको चर्चित गीत ‘बार्दली’का मोडल हुन् । ‘जलाकी’ उनले फिच...

सकियो ‘पाल्पा महोत्सव’

सकियो ‘पाल्पा महोत्सव’
पाल्पा । सदरमुकाम तानसेनमा वैशाख १४ गतेबाट सुरु भएको ‘पाल्पा महोत्सव’ सकिएको छ । पाल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको १३ औं संस्करणको ११ दिने महोत्सव आइतवार समापन भएको हो । महोत्सवलाई तीन लाख बढी दर्शकले अवलोकन गरेका छन् । त्यस्तै, महोत्सवमा ८ करोड बराबरको कारोवार भएको संघका अध्यक्ष शैलेन्द्र भट्टराईले जानकारी दिए । २ सय ८० स्टल रहेको महोत्सवमा बालउद्यानसँगै कलाकारहरुको प्रस्तुति हेर्न दर्शकको भिड देखिएको थियो । हरेक दिन राष्ट्रिय तथा स्थानीय ख्याती प्राप्त कलाकारहरुले...