काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा संविधान सभाका ज्येष्ठ सदस्य तथा सभाअध्यक्ष अर्जुननरसिंह केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो।
सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अर्यालको नाम प्रस्ताव गर्नुभएको थियो भने उक्त प्रस्तावलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले समर्थन गर्नुभएको थियो।
समर्थनका क्रममा वाग्लेले विगतका सभामुखहरूको योगदान स्मरण गर्दै अर्यालले संसदलाई जीवन्त र सन्तुलित बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
संवाददाता









